का’रोबार साताको पहिलो दिन नै सुन चाँ’दीको भा-उमा वृद्धि

No Images Found

काठमाडौं : कारोबार साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेको छ ।

आइतबार छापावाल सुनको भाउ तोलाको ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९० हजार २०० रुपैयाँ निर्धारण भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९० हजार ५०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९० हजार रुपैयाँ निर्धारण भएको थियो । शुक्रबार सुनको भाउ स्थिर रहेको थियो ।

यता, चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १३ सय रुपैयाँमा कारोबार भएको थियो ।