कैलालीमा मोटरसाइकल दु’र्घटनामा परि एक जनाको मृ’त्यु

No Images Found

काटमाडौं : कैलालीमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ।

आफैंले चलाएको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर लडेपछि धनगढी-१७ धुर्जन्ना सुकुम्बासी बस्तीका २८ वर्षीय सीताराम चौधरीको आइतबार दिउँसो मृत्यु भएको हो।

केही समयअघि गौरीगंगा नगरपालिका(३ कुचैनीमा उनले चलाएको से २ प ६४६७ नम्बरको मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ आइरहेकोबेला अनियन्त्रित भएर पोलमा ठोक्किएको प्रहरीले अनुमान गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता तथा प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरूले घाइते भएका चौधरीलाई अत्तरियाको पदमा अस्पताल पुर्याइएको बताए छन्।

त्यहाँ उपचार सम्भव नभएर सेती प्रादेशिक अस्पताल रिफर गरिएको केहीबेरमै चौधरीको मृत्यु भएको प्रहरी निरीक्षक गुरूले बताएका छन्।