गाडीको पछाडि राखि बा’लिका ब-लात्कार गरेको अ’भियोगमा एक प’क्राउ

No Images Found

काठमाडौं : प्रहरीले काठमाडौंमा आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२३ जुद्धशालिक धर्मपथ बस्ने धादिङ धुनिवेशी नगरपालिका-१ घर भएका ३५ वर्षीय सुर्य तामाङ रहेका छन् । उनलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

धर्मपथस्थित पुरानो नगरपालिकाको खाली जमिनमा पार्किङ गरी राखेको गाडी पछाडि तामाङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।