दाङमा मेसिनद्वारा धा’न रो’पाईं, तस्बिरमा हे’र्नुहोस्

No Images Found

बुटवल : दाङ जिल्लामा पहिलो पटक मेसिनको प्रयोग गरेर धान रोपाईका गरिएको छ। परम्परागत रुपमा धान रोपाईं भइरहेको अवस्थामा यो वर्षदेखि यान्त्रिकीकरण गरिएको कृषि ज्ञान केन्द्रले जनाएको हो।

किसानहरुले मेसिनबाट धान रोप्न सुरु गरिसकेको र दाङमा यस वर्षको राष्ट्रिय धान दिवस मेसिनबाट धान रोपेर मनाइन लागिएको हो। कृषि ज्ञान केन्द्र दाङले मेसिनबाट धान रोपेर यस वर्षको असार १५ ‘राष्ट्रिय धान दिवस’ मनाउने तयारी भएको जनाएको छ।

किसानहरुलाई कृषिमा यान्त्रीकिकरण गर्दै लैजाने उद्देश्यले जिल्लामा तीन वटा धान रोप्ने मेसिन ल्याइएको छ। यसै वर्षदेखि सबै क्षेत्रहरुमा मेसिनबाटै धान रोप्ने केन्द्रको योजना भएपनि कोरोनाका कारण उपकरण आउन समस्या भएपनि परीक्षण र प्रशिक्षणको रुपमा मात्रै तीन वटा मेसिन परिचालन भएको कार्यालयका सूचना अधिकारी रुद्रमणि पौडेलले बताएका छन्।

केन्द्रले विभिन्न सहकारी र कृषक समुहमार्फत किसानहरुलाई मेसिनसमेत उपलब्ध गराएको र धान रोप्ने प्रशिक्षण दिइरहेको पौडेलले जानकारी दिएका छन्।