नहरमा डुबेर ३ वर्षीया बा’लिकाको मृ’त्यु

No Images Found

बुटवल : दाङमा नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

शान्तिनगर गाउँपालिका वडा नम्बर ६ स्थित कोरबाङमा ३ वर्षीया बालिका यमसरा चौधरीको नहरमा डुबेर मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालयका अनुसार बौलाहा खोलाको नहरको पानी खेल्ने क्रममा बालिका लडेपछि बगेकी थिइन्। उनको शव घटनास्थलबाट झन्डै एक किलोमिटर दक्षिणमा फेला परेको प्रहरीले जनाएको छ।

शवलाई पोस्टमार्टम गर्न राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ।