भारतमा को-रो-ना सं’क्रमण घट्दैः मृत्यु हुनेको संख्या हजार भन्दा कम

No Images Found

एजेन्सी : पछिल्लो २४ घण्टामा भारतमा ९७८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ७६ दिन पछि भारतमा मृत्यु हुनेको संख्या १ हजार भन्दा तल झरेको हो ।

कोरोनाको दोस्रो लहर चरम अवस्थामा पुगेका बेला भारतमा मृत्यु हुनेको संख्या ४५ सय भन्दा माथि पुगेको थियो । २४ घण्टामा भारतमा ४६ हजार ४९८ नयाँ कोरोना संक्रमित फेला परेका छन् । ५८ हजार ५४० ले कोरोना जितेका छन् ।

भारतमा कुल संक्रमितको संख्या ३ करोड नाघेको छ । मृत्यु हुने संख्या ३ लाख ९६ हजार पुगिसकेको छ ।