भि’रबाट लडेर बे-पत्ता भएको मानबहादुरको श’व दश दिनपछि फेला

No Images Found

काठमाडौं : भिरबाट लडेर बेपत्ता भएको दस दिनपछि बझाङका एक पुरूषको शव फेला परेको छ।

प्रहरीले जनाए अनुसार गत असार ३ गते लडेर बेपत्ता भएका दुर्गाथली गाउँपालिका–३ स्थित रकैलका मानबहादुर बोहराको शव शनिबार साँझ सोही ठाउँका स्थानीयले फेला पारेका हुन् ।

जेठाबुवाको मलामी गएर फर्किंदै गर्दा उनी धौलावन भिरबाट लडेर बेपत्ता भएका थिए। घटनापछि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली एक हप्तासम्म खोजी कार्य गरे पनि फेला पार्न सकेको थिएन।

मानबहादुरको शवको पोस्टमार्टमपछि आइतबार आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रूपक खड्काले बताएका छन्।