विवाह–व्रतबन्धका लागि नयाँ नियमः १५ जनाभन्दा बढी जम्मा हुन नपाइने, दुई वटा गाडी मात्र प्रयोग गर्न सकिने

No Images Found

काठमाडौं : भोलिदेखि लागु हुने काठमाडौं उपत्यकामा विवाह तथा व्रतबन्धमा बढीमा १५ जनासम्म भेला हुन पाइने भएको छ।

उपत्यकाका तीन जिल्लाका जिल्ला प्रशासन कार्यालयले भोलिदेखि थप एक साताको लागि निषेधाज्ञा जारी गर्दै उक्त निर्णय गरेको हो।

विवाह तथा ब्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी सहभागी हुन पाइने छ। विवाह तथा ब्रतबन्धमा २ वटा सवारी साधन मात्र प्रयोग गर्न पाउने उल्लेख गरिएको छ।