थप २,६३६ जना सं’क्रमित थ’पिदा ४,४८९ जना संक्र’मणमुक्त, २० जनाको मृ-त्यु

No Images Found

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा २,६३६ जनो कोरोना भाइरस संक्रमित थपिएका छन् । ७,२५९ जनामा गरिएको पीसीआर परीक्षणमा १,७२८ र ४४८९ एन्टिजेन परीक्षणमा ९०८ गरी २,६३६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ११,६४० जनामा परीक्षण गर्दा २,४४४ जनामा संक्रमण देखिएकामा मंगलबार ११,७४८ जनामा परीक्षण गर्दा झण्डै दुई सय जना बढी संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४,४८९ जना रहेको छ । त्यस्तै कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ ।

हाल देशमा सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० जना रहेको छ ।