पर्सामा च’ट्याङ लागेर ती’न कृषकको मृ-त्यु, एक जना घा’इते

No Images Found

काठमाडौं : पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मंगलबार बिहान जिल्लाको सखुवाप्रसौनी गाउँपालिका-४ देवरबानाका ५५ वर्षीय रघुवीर यादवको भैंसी चराउने क्रममा आफ्नै खेतमा चट्याङ लागी घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै जिल्ला कै पटेर्वासुगौली गाउँपालिका-१ गदियानीका २७ वर्षीय रुस्लान गदीको पनि चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो । गदीसँगै भैंसी चराउन गएका राजवली गदी चट्याङ लागेर गम्भीर घाइते भएका छन् । उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

यसै गरि खेतमा धान रोप्न गएका बेलामा चट्याङ लागेर जिल्लाको जिराभवानी गाउँपालिका-३ जितपुरकी ५० वर्षीया असतुरनी देवी थारुको पनि घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानाएको छ ।