पोखरामा शि’क्षामन्त्रीको पुत्ला द’हन गर्न खोज्ने ३ जन! प-क्राउ

No Images Found

पोखरा : प्रहरीले पोखरामा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्ला दहन गर्न खोज्ने ३ जनालाई पक्राउ गरेको छ । शिक्षा मन्त्री श्रेष्ठले जातीय विभेद गरेको आरोप लगाउँदै पोखराको मानवअधिकार चोकमा उनको पुत्ला दहन गर्न खोज्ने ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष नेत्र चापागाईँ, केन्द्रीय सचिव रेशम सापकोटा र मोर्चाका नेता ईश्वर नेपाली, रहेका छन् । रुपा सुनार लगायत सम्पूर्ण जातीय विभेद र मन्त्री श्रेष्ठको विरुद्धमा जात व्यवस्था उन्मूलन मोर्चाले विरोध प्रदर्शन गरेको जनाइएको छ ।

विरोध कार्यक्रमपछि मन्त्री श्रेष्ठको पुत्ला दहन गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका ३ जनालाई जिल्ला प्रहरी कार्यालयमा लगिएको बताइएको छ ।