बाटो खन्‍ने क्रममा मा’थिबाट पहि’रोमा खस्दा एकजनाको मृ-त्यु

No Images Found

हुम्ला : हुम्लामा बाटो खन्‍ने क्रममा एक जनाको मृत्य भएको छ ।

अदानचुली गाउँपालिका(५ काखेस्थित जेसिबीले बाटो खन्‍ने क्रममा पहिरो जाँदा जेसिबीका चालक बर्दिया घर भएका २५ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको हो ।

उक्त स्थानमा पहिरो जाँदा जेसिबी र चालक पुरिएर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गल्फगार्डबाट खटिएको प्रहरीले चौधरीलाई उद्दार गरेको थियो । लगत्तै उपचारको लागि बाजुरा सामुदियक अस्पताल कोल्टी पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।