मन्त्री नेम्वाङले म’नाए धान रोपेर ‘धान दिवस’: हेर्नुहोस् (फोटोफिचर)

No Images Found

काठमाडौं : असार १५ (आज) किसानका लागि विशेष दिन, मानो छरेर मुरी फलाउने दिन अर्थात धान दिवस ! आज देशैभर धान रोपेर किसानहरुले यो दिवस मनाउँदै छन् ।

निषेधाज्ञा खुकुलो भएसँगै सरकारले पनि औपचारिक कार्यक्रमका साथ दिवस मनाएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को आयोजनामा खुमलटारमा पनि धान रोपिएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री वसन्तकुमार नेम्वाङको उपस्थितिमा धान रोपिएको हो । कार्यक्रममा मन्त्री नेम्वाङले पनि नार्क परिसरको जग्गामा मेशिन र आफैँले धान रोपेका छन् ।

कृषि मन्त्रालयका अनुसार असार १५ गतेसम्म देशभर २७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।