मास्केले दि’इन् म’हिला भलिबल टि-मको व्य’वस्थापकबाट राजीन!मा

No Images Found

काठमाडौं : नेपाली महिला राष्ट्रिय भलिबल टिमकी व्यवस्थापक निरोज मास्केले पदबाट राजीनामा दिएकी छन् । मास्केले आफ्नो घरायसी कारण देखाउँदै राजीनामा दिएकी हुन् ।

भलिबल संघका सचिव मनवीर छन्त्यालले मास्केले व्यवस्थापकबाट राजीनामा दिएको जानकारी दिएका छन् । “उहाँले महामारीको समयमा काम गर्नुभएको थियो । सबै व्यवस्थापन उहाँले नै गर्नुभएको हो । अहिले उहाँले अन्य कार्य पनि सम्हाल्नुपर्ने भएकाले राजीनामा दिनुभएको हो,” छन्त्यालले भनेका छन् ।

नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष समेत रहेकी मास्केलाई फिलिपिन्समा हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि टिमको व्यवस्थापकको जिम्मेवारी दिइएको थियो ।

यसअघि, महिला टिमको व्यवस्थापकको रुपमा रीता कोइरालाले जिम्मेवारी सम्हालेकी थिइन् । नेपालको महिला टिमले पहिलोपटक एसियन च्याम्पियनसिपमा सहभागिता जनाउँदै छ ।

खेलाडीलाई त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखेर भलिबल संघले तयारी अघि बढाएको छ ।