सुन’चाँदीको मूल्यमा आज सामान्य गि’रावट

No Images Found

काठमाडौं : मंगलबार स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकसय रुपैयाले घटेर छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको थियो । आज तेजावी सुन प्रतितोला ९० हजार १ सय रुपैयाँ कायम भएको छ ।

यता चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले ओरालो लाग्दै घटेर प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।