क्या’नाडामा ‘हीटवेभ’ का का’रण द’र्जनौँको मृ-त्यु

No Images Found

एजेन्सी : उच्च तापक्रमबीच ‘हीटवेभ’ (तातो हावा) का कारण क्यानाडामा दर्जनौँको मृत्यु भएको छ । प्रहरीले भ्यानकुभर क्षेत्रमा शुक्रबार यता १३० जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा धेरै बृद्धबृद्धा तथा अन्य रोगबाट पीडित रहेका छन् ।

धरै केसहरुमा मृत्युको प्रमुख कारण हीटवेभ रहेको बताइएको छ । प्रहरीका अनुसार भ्यानकुभरमा कम्तिमा ६५ जनाको हीटवेभकै कारण मृत्यु भएको छ । त्यस्तै, ब्रनाबीमा ३४ र सरेमा ३८ जनाको आकस्मिक मृत्यु भएको बताइएको छ ।

मंगलबार क्यानाडाको ब्रिटिस कोलम्बियामा लगातार तेस्रो दिन हालसम्मकै उच्च ४९.५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । यसअघि, क्यानाडाको इतिहासमा कहिले पनि ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुगेको थिएन । उत्तर पश्चिमी अमेरिका र क्यानाडामा उच्च चापका कारण हीटवेभ सिर्जना भएको बताइएको छ ।

विज्ञहरुले जलवायु परिवर्तनसँगै हीटवेभजस्ता चरम मौसमी अवस्थाहरु थप सिर्जना हुने चेतावनी दिँदै आएका छन् ।