पल शा’हलाई ‘रियल हिरो अफ दि इयर’ उपाधि!

No Images Found

काठमाडौं : अभिनेता पल शाह ‘रियल हिरो अफ दि इयर’ घोषित भएका छन्। उनलाई ‘रजतपट कोसेली अभियान’ले उक्त उपाधिबाट सम्मान गरेको हो।

सामाजिक सेवामा उत्कृष्ट काम गरेको भन्दै (हिजो) मंगलवार पललाई सम्मानित गरिएको हो। महामारीको समयमा समस्यामा परेका चलचित्रकर्मीहरूलाई सहयोग गर्ने उद्देश्यले ‘रजतपट कोशेली अभियान’ सुरु भएको थियो।

शाहले पहिलो चरणको लकडाउनको समयमा प्राविधिकहरुलाई खाद्यान्न सहयोग गरेका थिए। साथै उनी ‘हाम्रो टिम’सँग मिलेर केही समयदेखि सहयोग वितरणमा सक्रिय छन्। टिमसँग मिलेर पलले अक्सिजन अभाव भएको समयमा देशका विभिन्न अस्पतालमा पुगेर अक्सिजन वितरण समेत गरेका छन्।

सम्मान गर्ने रजतपट भने केहीअघि विवादित थियो। फिल्म सम्बन्धि जानकारी दिने कार्यक्रममार्फत् कहिले कलाकारहरूको अपमान गर्ने त कहिले एकतर्फी सूचना प्रवाह गरेर आलोचित थियो। विवादकै कारण कार्यक्रम प्रसारणमा समेत रोक लागेको थियो।