म’लामी ग’एका १५ वर्षीय कि’शोरलाई खोलाले ब’गायो

No Images Found

वीरगंज : धुतहा खोलामा आएको बाढिमा परी पर्सामा एक जना किशोर बेपत्ता भएका छन्। पोखरीया नगरपालिका ७ रानीगंजका राजेन्द्र महतोका छोरा १५ वर्षीय राजन महतो बेपत्ता भएका हुन्।

मंगलबार मध्यान्ह १२ बजेदेखि उनी वेपत्ता भएको पोखरीया नगरपालिकाका मेयर दीपनारायण रौनियारले जनाएका छन्। उनी छिमेकीको अन्त्यष्टि पछि खोलामा नुहाउन गएका थिए।

खोजी कार्य जारी छ तर हालसम्म उनी फेला पर्न सकेका छैनन्। चण्डीप्रसाद गण वीरगंजका सेनानी तपेन्द्र कार्की, ईप्रका पोखरीयाका प्रनि दिपक थापा, सशस्त्र प्रहरी बेस क्याम्प पोखरीयाका सप्रनि प्रमोद रायलगायतको सुरक्षाकर्मीको टोली खोजी कार्य जारी राखेको जनाएको छ।