काठमाडौंमा रा’ष्ट्रपति र प्र’धानमन्त्रीको विरुद्ध पु’त्ला दहन; (फोटोफिचर)

No Images Found

काठमाडौं : बिहीबार विपक्षी पाँच दलको विद्यार्थी संगठनहरुले राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

राष्ट्रपति र प्रधानमन्त्री मिलेर प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी कदम चालेको भन्दै विद्यार्थी संगठनहरु यतिबेला सडक प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले आन्दोलनको कार्यक्रमअनुरुप देशभर राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्नुका साथै विरोध प्रदर्शन गरिरहेका छन् । यसबीच काठमाडौँको प्रदर्शनी मार्गमा विद्यार्थीहरुले पुत्ला गरेका हुन् । प्रदर्शनमा प्रहरीले हस्तक्षेप समेत गरेको थियो ।