जं’गली हात्तीको आ’क्रमणबाट एक पुरुषको मृ’त्यु

No Images Found

काठमाडौं : हात्तीको आक्रमणबाट बुधबार राति एक जनाको मृयु भएको छ । उदयपुरको बेलका नगरपालिका–२ रामनगरका ४० वर्षीय कमल यादवको मृत्यु भएको हो ।

बस्ती प्रवेश गरेको जंगली हात्ती धपाउने क्रममा आक्रमणमा परेका यादवको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताएका छन् । प्रहरी चौकी भागलपुर र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको टोली घटनास्थलमा खटिएको उनले जानकारी दिएका छन् ।