तनहुँमा प’हिरोमा परी दुई जनाको मृ’त्यु, तीन घा’इते

No Images Found

पोखरा : तनहुँमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका-३ तामुङमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको हो ।

पहिरोमा परी मर्नेहरुमा तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेल रहेको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिएका छन् ।

त्यस्तै पहिरोमा परी सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन् । उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।