बाँ’केमा पाटे बा’घको छालासहित दुई प’क्राउ

No Images Found

काठमाडौं : बिहीबार बाँकेमा प्रहरीले पाटे बाघको छालासहित दुर्ई जनालाई पक्राउ गरेको छ ।

बाँके बेजनाथ गाउँपालिका वडा नम्बर ४ तिलकपुरस्थित भित्री सडकबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले अछाम मेललेख गाउँपालिका वडा नम्बर ३ दर्पा बस्ने २७ वर्षीय डम्बर बुढा र रामरोसन गाउँपालिका वडा नम्बर ५ बस्ने ३५ वर्षीय नन्दु बुढालाई पक्राउ गरेको हो।

उनीहरूको झोला हेर्दा प्रहरीले पाटे बाघको दुई वटा छाला बरामद गरेको हो। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।