बा’ढीले ए’म्बुलेन्स पुरीदा बि’रामीको मृ-त्यु, चालक घा’इते

No Images Found

काठमाडौं : कास्कीमा बाढीले ग१झ ४४८ नम्बरको एम्बुलेन्स पुरिँदा बिरामीको मृत्यु भएको छ भने चालक घाइते भएका छन् । बाढीले पसगाउँ स्वास्थ्य चौकीको एम्बुलेन्स बगाएको हो ।

मादी गाउँपालिका वडा नं. ९ मुग्रीबेशीबाट बिरामी लिएर थुम्सीकोट आउने क्रममा खहरे खेलामा एक्कासि बाढी आएर एम्बुलेन्स पुरिँदा बिरामी ८१ वर्षकी गोमा अधिकारीको मृत्यु भएको छ । माथिबाट बाढी आएपछि भाग्ने क्रममा एम्बुलेन्स चालक सुवास अधिकारीलाई बगाएको थियो ।

चालक अधिकारीलाई स्थानीयले उद्धार गरी उपचारका लागि पोखरा ल्याइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । जेसिवीको सहायताले बाढीबाट एम्बुलेन्स निकालिएको र पोखरा ल्याउने तयारी भइरहेको छ । एम्बुलेन्सका सहचालक भने सकुशल रहेको डाध्यक्ष तोरणबहादुर गुरुङले बताएका छन् ।