बिहीबार ४०१७ जना सं’क्रमणमुक्त, थप ३३ जनाको मृ;त्युः उप’त्यकामा थप ४१९ जनामा सं’क्रमण

No Images Found

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा २७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८५ नमुना परीक्षण गर्दा उक्त संक्रमित थपिएका हुन् ।

आज थप ४०१७ जना कोभिड बिरामी निको भएका छन् । निको हुने दर ९३.७ प्रतिशत छ । सक्रिय संक्रमित संख्या बिहीबारसम्म ३१ हजार ३६८ रहेको छ । सक्रिय संक्रमित प्रतिशतमा ४.९० प्रतिशत छ ।

बिहीबार थप ३३ जनाको मृत्यु भएको छ । यस सँगै कूल मृत्यु हुनेको संख्या ९१४५ पुगेको छ । मृत्युदर १.४३ प्रतिशत छ ।

काठमाडौंमा ३१६, ललितपुरमा ७४ र भक्तपुरमा २९ जना संक्रमित थपिएका छन् । उपत्यकामा बिहीबार जम्मा४१९ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ५०११ जना सक्रिय संक्रमित छन् ।