घर न’जिकैको खो’लाले बगाएर वृद्ध बे’पत्ता

No Images Found

तनहुँ : तनहुँको व्यास नगरपालिका–९, माझफाँटमा घर नजिकै रहेको खोलाले बगाएर एक वृद्ध बेपत्ता भएका छन् ।

आज खोला तर्ने क्रममा ८० वर्षीय नरबहादुर विष्ट बेपत्ता भएका हुन् ।

खोलाले बगाएर बेपत्ता भएका वृद्ध नभेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिएका छन् । खोजीकार्य जारी रहेको उनले बताएका छन्।