नेपालपक्षलाई सो’मबारसम्म हस्ताक्षर फि’र्ता लिन आ’ह्वान

No Images Found

काठमाडौं : माधवकुमार नेपाल पक्षलाई नेकपा एमालेले सोमबार साँझ पाँच बजेसम्म राष्ट्रपतिकहाँ बुझाएको हस्ताक्षर फिर्ता लिन आह्वान गरेको छ ।

आज बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । माधव नेपाल पक्षका सांसदहरूले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भन्दै हस्ताक्षर बुझाएका छन् ।

त्यस्तै, आजको बैठकले कोरोनाभाइरसविरुद्धको खोप अविलम्ब उपलब्ध गराउन सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । बैठकले पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यलाभको कामना गर्दै स्वास्थ्य उपचारको जिम्मा लिएकोमा पार्टी अध्यक्षलाई धन्यवाद पनि दिएको छ ।

बैठक भोलि ३ बजे पुनः बस्ने ज्ञवालीले जानकारी दिएका छन् ।