पर्सिदेखि चाहिने जति को-रो-ना खो’प आ’उँने प्र’धानमन्त्रीको दाबी

No Images Found

काठमाडौं : शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै पर्सिदेखि चाहिने जति कोरोना खोप आउने बताएका छन् ।

उनले भने, ‘अब भ्याक्सिनको समस्या छैन । पर्सिदेखि चाहिने जति भ्याक्सिन आउँछ ।’ भारतबाट दोस्रो डोज नआउँदा समस्या भए पनि अब खोपको समस्या नहुने उनको भनाइ रहेको छ ।

केही दलका नेताहरुले अहिले कोरोना खोप नदेऊ भनेर लबिङ गरिरहेको समेत उनले बताएका छन् । ‘केही दलका साथीहरूले अहिले भ्याक्सिन नदेऊ, हाम्रो सरकार आएपछि दिनू भनेर लबिंग गरिरहेका छन्,’ उनले बैठकमा भने ।