प्र’तिनिधि सभा वि’घटनविरूद्ध ५ विद्यार्थी संगठनद्वारा आ~न्दोलन जारी राख्ने

No Images Found

काठमाडौं : ५ विद्यार्थी संगठनले प्रतिनिधि सभा विघटनविरूद्ध आन्दोलनका कार्यक्रम जारी राख्ने भएका छन्।

आज बसेको विद्यार्थी संगठनहरूको संयुक्त बैठकले असार १९ गते शनिबार ७७ जिल्लामा मसाल जुलुस गर्ने निर्णय गरेको हो।

संविधान रक्षाका लागि काठमाडौंको माइतीघर मण्डल र उपत्यकाबाहिर पनि प्रदर्शन गर्ने निर्णय भएको विद्यार्थी संगठनहरूले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

त्रिविमा एमफिल र पिएचडी लगायतमा बढाएको शुल्क वृद्धिविरूद्ध आन्दोलनरत विद्यार्थीको संघर्षप्रति ऐक्यवद्धता जनाउँदै उनीहरूले बढाइएको शुल्क तत्काल फिर्ता लिन समेत माग गरेका छन्।