२,२९९ सं’क्रमित थ’पिए, ३४ जनाको मृ’त्युः ३,४५१ सं’क्रमणमुक्त

No Images Found

काटमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा २,२९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १०,५९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १३९१ जनामा र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ४२ हजार ५३ जनामा र एन्टिजेन विधिबाट ३६ हजार ७५५ जनामा संक्रमण संक्रमण पुष्टि भइसकेको छ ।

यही अवधिमा थप ३,४५१ संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ३६०० जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४ प्रतिशत रहेको छ । हाल २६ हजार ३३६ जना होम आइसोलेसन, २ हजार ९३८ जना संस्थागत आइसोलेसन, ६३२ जना आइसीयू र १८१ जना भेन्टिलेटरमा रहेका छन् ।

कोभिड–१९ को संक्रमणबाट आज थप ३४ जनाको मृत्यु भएको छ । हालसम्म ९ हजार १७९ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ ।