थप १६०३ जनामा को-रो-ना सं’क्रमण, २७ जनाको निधनः २५५२ सं’क्रमणमुक्त

No Images Found

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको ८ हजार १३२ नमुनाको परीक्षणबाट १ हजार ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८७६ नमुनाको पिसिआर परीक्षण र २ हजार २५६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ५५२ जना संक्रमित संक्रमणमुक्त भएका छन् । देशभर पछिल्लो २४ घण्टामा थप २७ जना संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ ।