रौतहटका ब’स्तीमा पसेको जं’गली हा’त्ती शनिबार भारत प्र’वेश

No Images Found

रौतहट : रौतहटका बस्तीमा पसेको जंगली हात्ती वनक्षेत्रबाट शनिबार भारतीय क्षेत्रमा पसेको छ ।

बारा जिल्लाबाट रौतहटको देवाही गोनाही नगरपालिकाको उत्तरी क्षेत्र हुँदै बस्तीमा पसेको हात्ती शिवनगर, मिठुअवा, जेठरहिया, पचरुखी हुँदै अन्तिम पटक शनिबार राति राजदेवी नगरपालिकाको बेलबिछवामा देखिएको थियो ।

शनिबार दिनभर वन कार्यालय, निकुन्ज र सुरक्षाकर्मीको टोलीले हात्तीलाई नियन्त्रणमा लिने प्रयास गरे पनि सफल भएनन् । अहिले भने लक्ष्मीपुर बेलबिछवा हुँदै हात्ती भारतीय क्षेत्रमा पसेको प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादवले बताएका छन् ।

जंगली हात्तीले शिवनगरको एक घरमा क्षति पुर्‍याएको थियो भने मिठुअवामा किसानको भकारी फुटाएर धान खाएको थियो । शुक्रवार सो हात्तीले बाराको कलैया उपमहानगरपालिका-२ का एक किसानको ज्यानसमेत लिएको छ ।