कक्षा १२ को परीक्षा साउन तेस्रो सातापछि लिने बोर्डको तयारी

No Images Found

काठमाडौं : कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले आगामी साउन तेस्रो सातापछि लिने तयारी गरेको छ । वैशाखमा सम्पन्न हुनुपर्ने परीक्षा कोरोना महामारीको दोस्रो लहर फैलिएपछि चार महिना पछाडि सरेको हो ।

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार परीक्षा सञ्चालन सहमतिका निम्ति मन्त्रालयमा पठाइसकिएको छ , सहमति भने आइसकेको छैन । उनले भने ‘साउनको तेस्रो सातापछि सञ्चालन गर्ने प्रस्ताव गरेका छौं । त्यसैअनुसार विद्यार्थी ढुक्क भएर तयारी गर्न सक्छन् ।’

परीक्षाको मोडलबारे मन्त्रालयले निर्णय गरेपछि सार्वजनिक गरिने जनाइएको छ । गत वर्ष आन्तरिक मूल्यांकन र लिखित गरी दुई प्रक्रियाबाट कक्षा १२ को परीक्षा लिइएको थियो ।