कति छ त आज सुनचाँदीको मुल्य ? (हेर्नुहोस्)

No Images Found

काठमाडौं : साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य अघिल्लो दिन आइतबारकै मूल्य कायम हुँदै सुन प्रतितोला ९१ हजार ५०० र चाँदी प्रतितोला एक हजार ३२५ नै कायम भएको हो ।

गत शुक्रबार बजारमा सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ र चाँदी एक हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत गत आइतबारकै कायम हुँदै प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।