थप २६२२ जनामा संक्रमण, २२११ जना संक्रमणमुक्त: २३ को मृत्यु

No Images Found

काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा २६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ११ हजार ५ सय २७ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभरमा ७४९९ जनाको पिसिआर परीक्षणबाट १७४५ जनामा संक्रमण पुष्टि भएको छ भने ४०२८ जनाको एन्टिजेन परीक्षणबाट ८७७ जनामा पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २२११ जना संक्रमणमुक्त भएका छन्। यस्तै २३ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै हालसम्म ९२४८ जनाको मृत्यु भइसकेको छ।

अहिलेसम्म कोरोनाबाट निको हुनेको दर ९४.६ प्रतिशत रहेको छ।