भक्तपुरमा ए’क पु’रुष मृ*त फे’ला

No Images Found

काठमाडौं : भक्तपुरको सूर्यविनायक नगरपालिका–१ स्थित सिरु चमेली वनमा एक जना पुरुषको शव फेला परेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दिपक गिरीका अनुसार करिब ४०/४२ बर्षको देखिने हरियो ज्याकेट, सुन्तला रङ्गको हाफ प्यान्ट लगाएको पहिचान नखुलेको पुरुषको शव फेला परेको हो ।

महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्रहरी निरीक्षक पञ्चलाल गोलेको कमाण्डमा अनुसन्धान अधिकृत सहितको टोली घटनास्थलमा पुगी हेर्दा हरियो ज्याकेट, सुन्तला रंगको हापप्यान्ट र कालो जुत्ता लगाएको, बायाँ हातमा मेडिकलको ब्यान्डेज बाँधेको, घाँटीमा टेलिफोनको लाईन जोड्न प्रयोग हुने खालको तार बाँधेको र उक्त तार चिलाउनेको हाँगोमा बाँधेको अवस्थामा रहेको साथै हागो भाँच्चिएर भुईमा झरेको फेला पारेको प्रहरीले जनाएको छ ।

लाश सडेको हुनाले करिब एक हप्ताअघि मृत्यु भएको हुनसक्ने प्रहरी अनुमान गरेका छ भने शवलाई पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट पठाएको भक्तपुर प्रहरीले जनाएको छ ।