भा’रतीय मो’टरसाइकलको ठ~क्करले सर्लाहीमा एक बा’लकको मृ’त्यु

No Images Found

जनकपुरधाम : भातीय मोटरसाइकलको ठक्करबाट सर्लाहीमा एक बालकको मृत्यु भएको छ ।

प्रहरीले जनाए अनुसार बलरा नगरपालिका-७ डुमरिया चोकस्थित बरहथवा-मधुवनी सडक खण्डमा मधुवनीबाट बरहथवातर्फ जाँदै गरेको बीआर ३०एच०४३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय कल्याण मण्डलका ८ वर्षीय छोरा राजा मण्डलको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करले गम्भीर घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा पठाएकोमा चिकित्सकद्वारा मृत घोषणा गरिएको प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिएका छन् ।

ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।