नेप्सेमा ५.२४ अंकको गिरावत, कारोबार रकम कति?

No Images Found

काठमाडौं : लगातार ओरालो लगिरहेको नेप्से परिसूचक आज पनि ५.२४ अंकले घटेर २८१८.११ विन्दुमा झरेर रोकिएको छ ।

१ करोड १३ लाख ५ हजार २०९ कित्ताको सेयर किनबेचमा मंगलबार ४ अर्ब २२ करोड ४० लाख १८ हजार २५५ रूपैयाँ कारोबार भएको छ ।

मंगलबार बैंकिङ, निर्जीवन बीमा, उत्पादन, लघुवित्त तथा जीवनबीमा कम्पनीका सेयरधनी लाभान्वित भएका छन् । अन्य समूहका परिसूचक भने राताम्य भएको छ । आज हिमालय डिष्टिलरीको सेयर कारोबार ३५ करोड बराबरको भएको छ ।