पानी जमेको खाल्डोमा डु’बेर मोरङमा एक बा’लकको मृ’त्यु

No Images Found

काठमाडौं : मोरङमा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

सुनबर्षी नगरपालिका ९ स्थित चन्दनखाडीका नारायण राजबंशीको छोरा ५ बर्षीय उमङ्ग राजबंशी जमेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको हो ।

बालकको सोमवार सवा ४ बजे खेल्ने क्रममा उक्त पानीको खाल्डोमा परी डुबेर मृत्यु भएको बताइएको छ । घटनास्थलमा प्रहरी चौकी डाईनिया र ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटि थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।