बैंकिङ कसुरमा फ’रार लामा च’क्रपथबाट प’क्राउ

No Images Found

काठमाडौं : बैंकिङ कसूर सम्बन्धी मुद्दामा फरार रहेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

काठमाडौंस्थित बूढानीलकण्ठ नगरपालिका बस्‍ने ५९ वर्षीय लाक्‍पा लामालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौंको चक्रपथबाट पक्राउ गरेको हो ।

ब्युरोका एसपी श्‍याम कुमार महतोका अनुसार लामालाई उच्च अदालत पाटनले २०७७ साल माघ ९ गते बैंकिङ्ग कसूर मुद्दामा ७ दिन कैद र १५ लाख जरिवाना सुनाएको थियो ।

२०७५ सालमा उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जान्दाजान्दै झुक्याएर जनता बैंकमा रहेको खाताबाट पीडितलाई भुक्तान हुने गरी १५ लाख रुपैयाँ बराबरको चेक दिएको प्रहरीको दाबी रहेको छ ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको एसपी महतोले बताएका छन् ।