मंगलबार सुन’चाँदीको मू’ल्यमा वृ’द्धि

No Images Found

काठमाडौं : मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले र चाँदी ५ रुपैयाँले वृद्धि भएको हो ।

गत सोमबार बजारमा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९१ हजार ८०० रुपैयाँ पुगेको छ भने चाँदी ५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३३० रुपैयाँ कायम भएको छ ।

यता तेजाबी सुनको मूल्य समेत मंगलबार प्रतितोला ३०० रुपैयाँले वृद्धि हुँदै मंगलबार ९१ हजार ३०० रुपैया पुगेको महासंघले जनाएको छ ।