शम्भुजितको ‘मेरो याद जरुर आउला’ सार्वजनिक: कृष्ण र करिश्माले देखाए प्रेम (भिडियोसहित)

No Images Found

काठमाडौं : चर्चित संगीतकार शम्भुजित बास्कोटाको संगीत रहेको गीत ‘मेरो याद जरुर आउला’ सार्वजनिक भएको छ । सत्यराज आचार्यको स्वर तथा बालकृष्ण ‘सन्जिव’को शब्द रहेको गीतको एरेन्ज रीकेस गुरुङले गरेका हुन् ।

उक्त गीतको भिडियो समेत निर्माण भएको छ । जसमा अभिनेता कृष्ण मल्ल, करिस्मा मानन्धर, संजय अधिकारीलगायतको अभिनय देख्न सकिन्छ । करिस्मा र कृष्ण भिडियो उत्कृष्ट अभिनयका साथ प्रस्तुत भएका छन् ।

उत्तम हुमागाईको छायाँकन, प्रविन श्रेष्ठको सम्पादन रहेको भिडियोमा संगीतकार बास्कोटालेनै निर्देशन गरेका हुन् । नेपालको पहिलो भिडियो निर्देशक समेत रहेका बास्कोटाले भिडियो प्रेम, प्रेमपिडा र श्रीमान् श्रीमतीको सम्बन्ध निकै आकर्षक तरिकाले भिडियोमा उतारेका छन् ।