२८ जना सवार रुसी जहाज सम्पर्कविहीन

No Images Found

एजेन्सी : मंगलबार रूसमा एउटा यात्रुवाहक जहाज सम्पर्कविहीन भएको छ। अन्तराष्टिय समाचार संस्था एएफपीका अनुसार २८ जना सवार जहाज सुदूरपूर्वी रूसमा सम्पर्कविहीन भएको हो।

२२ जना यात्रु र ६ चालक दलका सदस्य भएको एएन-२६ जहाज पेट्रोपाभलोभ्स्क-काम्चात्स्कीबाट कामचात्का प्रायद्वीपको पालाना जाँदै थियो। अवतरणको क्रममा रहेको जहाज ट्राफिक कन्ट्रोलबाट सम्पर्कविच्छेद भएको हो।

के कारणले जहाज सम्पर्कविहीन भएको हो भन्ने खुलेको छैन।