कपनबाट १० जना महिलासहित २९ जना जुवाडे पक्राउ, लाखौँ रकम बरामद

No Images Found

काठमाडौं : काठमाडौस्थित कपनबाट प्रहरीले १० जना महिलासहित २९ जना जुवाडेलाई पक्राउ गरेको छ। बुधबार विहान ३ बजेतिर कपनको एउटा घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट १४ लाख रुपैयाँ पनि बरामद गरेको प्रहरीले जनाएको छ । कपनको सिमलटारस्थित एक घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले बताएका छन्।

यसअघि प्रहरीले चन्द्रागिरि नगरपालिकाबाट पनि जुवाडेहरु पक्राउ गरेको थियो।