ढ्यो संक्रमितको संख्या: थप २९७९ जनामा संक्रमण, २८ जनाको मृत्यु

No Images Found

काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ९७९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा ११ हजार ८९८ नमुना परीक्षणमा उक्त परिमाणमा कोरोना संक्रमित थपिएका हुन् । यीमध्ये ७ हजार ८३५ को पिसिआर र ४ हजार ६३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घन्टामा २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार ३३३ जना कोरोनामुक्त भएका छन् ।