बुधबार दो’होरो अंकले घ’ट्यो बजार

No Images Found

काठमाडौं : बुधबार सेयर बजारको परिसूचक नेप्से करिब १७ अंकले घटेको छ।

१६.९७ अंकको गिरावटपछि परिसूचक २८०१ अंकमा कायम भएको छ। यस दिन ४ अर्ब ५८ करोड रुपैयाँको सेयर किनबेच भएको छ। अघिल्लो दिन ४ अर्ब २२ करोडको कारोबार भएको थियो।

विकास बैंक र माइक्रोफाइनान्स समूह यस दिन बढेका छन् भने अरु सबै घटेका छन्। विकास बैंक ११ र माइक्रोफाइनान्स १९ अंकले बढेका छन्। बैंकिङ ३, ब्यापार १२, होटल तथा पर्यटन ७४, जलविद्युत ५९, फाइनान्स ३२, निर्जीवन बीमा १४४, उत्पादन १३३, अन्य १८ र जीवन बीमा समूह ७५ अंकले घटेका छन्।

सेन्चुरी कमर्सियल बैंक संस्थापक समूहको मूल्य सबैभन्दा धेरै साढे ३ प्रतिशतले बढेको छ। त्यस्तै प्राइम कमर्सियल बैंक संस्थापक समूहकै मूल्य पनि ३.५ प्रतिशतले बढेको छ। सिभिल लघुवित्तको मूल्य ३ प्रतिशतले बढेको छ भने मूल्य बढ्ने अरु कम्पनीको दर ३ प्रतिशतमुनि रह्यो।

यस दिन माथिल्लो तामाकोसीको मूल्य सबैभन्दा धेरैले घटेको छ। सो कम्पनीको मूल्य ५ प्रतिशत अर्थात प्रतिकित्ता ३९ रुपैयाँले घटेको छ। कम्पनीको मूल्य प्रतिकित्ता ६७७ रुपैयाँमा झरेको छ।