बैतडीमा ट्याक्टर दुर्घटना: सह चालकको मृ’त्यु एक जना घा’इते

No Images Found

बैतडी : बैतडीमा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्याक्टरका सहचालक पञ्चेश्वर गाउँपालिका–५ का ३१ वर्षीय राजबहादुर चन्द रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिएका छन् ।

त्यस्तै, दुर्घटनामा परी २२ वर्षीय डम्बर चन्द घाइते भएका छन् । जिल्लाको ग्रामीण सडकखण्ड मेलौलीबाट तितावै जाँदै गरेको से २ त २५८१ ट्याक्टर गएराति पेले भन्ने ठाउँमा दुर्घटनामा भएको हो ।

ट्याक्टरका चालक डडेल्धुराका परशुराम नगरपालिका –५ जोगबुडाका ४७ वर्षीय मानबहादुर ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।