भारतमा थपिए ४३ हजार सं’क्रमित, ९३० जनाको मृ’त्यु

No Images Found

एजेन्सी : पछिल्लो २४ घण्टामा भारतमा थप ४३ हजार ७३३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।

यस्तै, ४७ हजार २४० जना संक्रमण मुक्त भएका छन्। भारतमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख ५९ हजार ९२० पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ९३० जनाको मृत्यु भएको छ। भारतमा कोरोना संक्रमणका कारण हालसम्म ४ लाख ४ हजार २११ जनाको मृत्यु भइसकेको छ।