रुपन्देहीमा स्रोत नखुलेको ३१ लाख बढी र’कमसहित २ जना प’क्राउ

No Images Found

बुटवल : प्रहरीले रुपन्देहीबाट स्कुटीमा सवार दुई जनालाई स्रोत नखुलेको ३१ लाख बढी रुपैयाँसहित पक्राउ गरेको छ ।

सिद्धार्थनगर नगरपालिका–१ स्थित वाईपासमा इलाका प्रहरी कार्यालय बेलहियबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लु २१ प २२१२ नम्बरको स्कुटरमा सवार विनय कलवार र भारतीय नागरिक सुरज गौणलाई ३१ लाख ९० हजारसहित पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिएका छन् ।

उक्त श्रोत नखुलेको रकम र स्कुटीसहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बुटवलस्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको डिएसपी थापाले बताएका छन् ।