चो’री स्कुटरसहित भा’रत जाँदै गरेका एक व्यक्ति सप्तरीबाट प-क्राउ

No Images Found

काठमाडौं : सशस्त्र प्रहरीले स्कुटर चोरेर भारततर्फ जाँदै गरेका एक व्यक्तिलाई सप्तरीबाट पक्राउ गरेको छ । सप्तरीस्थित डाक्नेश्वरी नगरपालिका–९ की पुनम साहको स्कुटर चोरेर भारततर्फ जाँदै गरेका सोही ठाउँका २६ वर्षीय जितेन्द्र सरदारलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश २–०१–००१ प ३७४० नम्बरको स्कुटर चोरेर जाँदै गरेका सरदारलाई बोदे बर्साइन नगरपालिका–९ स्थित सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक उत्सव बिष्टले जानकारी दिएका छन् । उनका अनुसार सरदारले स्टाफ नर्स साहको घरको ग्रिल तोडी बुधबार राति स्कुटर चोरेर भारततर्फ जाँदै थिए ।

चोरिएको स्कुटरसहित पक्राउ परेका सरदारलाई नेपाल प्रहरीको जिम्मा लगाइएको बिष्टले बताएका छन् ।