नेपालगंजमा अ’टोमेटिक पेस्तोलसहित ए’कजना प-क्राउ

No Images Found

काठमाडौं : बाँकेमा अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।

नेपालगंज उपमहानगरपालिका १९ स्थित फुटाहबाट १ थान अटोमेटिक पेस्तोल सहित सोही उपमहानगरपालिका २१ पुरैना बस्ने सोही उपमहानगरपालिका १२ घर भएका ३१ वर्षीय अजिज अहमद शेषलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

हातहतियार सहित शंकास्पद मानिस हिँडिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पुरैनाबाट राँझातर्फ साईकलमा जाँदै गरेको अवस्थामा उनलाई पेस्तोल सहित फेला पारी पक्राउ गरेको जनाएको छ । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।